पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

इस्लामाबाद, १८ मंसिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उनलार्य केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो ।

उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् ।

बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए । तर सन् २००४ मा उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति