श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का

काठमाडौं – अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छिन् । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग श्वेता विवाहबन्धनमा बाँधिने खबर सार्वजनिक भएको छ ।

धनगढीका विजयन्द्र सिहं रावत र श्वेताको केही समयदेखि प्रेममा रहेको र उनीहरुले लगनगाँठो कस्न लागेको खबर यतिबेला मिडियामा छाएको छ । विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने बताइएको छ । उनको बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको बुझिएको छ ।

श्वेताले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै आएकी थिईन् भने यसअघि पनि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो । श्वेता खड्काले एक भनेकी छिन्, ‘बिहे गर्ने पक्का भएको हो । बाँकी जानकारी म पछि दिनेछु ।

कहाँ भेटिएला सिनेमाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो। उनले यसअघि २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु निधन भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board