चीनले भन्यो- ‘चीन र नेपालको सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन’

काठमाडौं, १८ मंसिर । चीनले नेपालसँगको आफ्नो सम्बन्धले तेस्रो पक्षलाई कुनै पनि असर नगर्ने बताएको छ । प्रवक्ता होउ चिनयुङले चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक भएको बताए । चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्ने छैन् ।’

‘नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक हो ।, उनले भनिन्, ‘चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्‍याउन काम गर्न तयार छ ।’

भारतले पछिल्लो समय नेपाल र चीनसँको सम्बन्धको बारेमा विभिन्न नकारात्मक टिप्पणी गर्दै आएको छ । त्यही चासोलाई संकेत गर्दै चिनियाँ विदेश मन्त्रालयबाट यस खालको अभिव्यक्ति आएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board