भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ४९८जनाको मृत्यु

काठमाडौँ, १८ मंसिर । भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६५७ पुगेको छ ।यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ ।

डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार ४७१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ७० हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board