श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु !

मङ्गलबारे, १७ मङ्सिर । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।

उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराईरहेका उनको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचाररत उनलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो । अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए । श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति