कोरोना अपडेटः थप १४९० जना संक्रमित, नौ जनाको मृत्यु

काठमाडौं, १७ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५६७ कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख १८ हजार १६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै देशभर १६ हजार ५४७ सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ५४७ आइसोलेसनमा बसेका छन् भने ६०५ जना क्वारिन्टिनमा छन् ।

उपत्यकामा थपिए ७२३ जना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ९ जनाको मृत्यु
बितेको २४ घण्टामा नेपालमा कोरोना भाईरस संक्रमणका कारण थप ९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,५३८ सङ्क्रमितको मृत्यु भएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board