बैबाहिक जीवनमा बाँधिए आदित्य र श्वेता

बलिउड – बलिउडका चर्चित सफल पाश्र्व गायक उदितनारायण झाका छोरा आदित्य नारायण झाले विवाह गरेका छन् । आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् ।

आदित्य र श्वेताले मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा बिहे गरेका हुन् । आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण झा, गायिका दीपा नारायण झा लगायतले नृत्य गरेका थिए ।

कोभिडका कारण आदित्यको बिहेमा निकै कम मानिसहरु मात्र उपस्थित थिए । बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको थियो । भारतीय मिडियाले उल्लेख गरे अनुसार आदित्य र श्वेता विगत १० बर्षदेखि प्रेम सम्बन्धमा थिए । एक चलचित्रमा एकसाथ काम गरेपछि उनीहरु नजिक भएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board