बेलायत बन्यो कोरोनाविरुद्ध खोपको प्रयोग गर्न अनुमति पाउने विश्वकै पहिलो मुलुक

लन्डन – कोरोना विरुद्धको खोप अनुमति दिने विश्वमै बेलायत पहिलो मुलुक बनेको छ । फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग गर्न बेलायतमा अनुमति दिएको हो ।

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी९एमएचआरए०ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको बताईएको छ ।

हालै मात्रै अन्तरर्राष्ट्रिय सञ्चारमाध्यममा फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको उल्लेख गरिएको थियो । स्वास्थ्यविद्हरू यो खोपलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड)  आवश्यक पर्ने बताएका थिए । यो खोप भण्डारण र ओसारपसारमा चुनौती भने रहेको उनीहरुको तर्क छ । केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिन हुने बीबीसले जनाएको छ ।

करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप बेलातयले अर्डर गरिसकेको समचारमा उल्ल्लेख गरिएको छ । फाईजनका अनुसार पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने भएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको बताईएको छ ।

बीबीससीका अनुसार बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ । कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिईने जनाईएको छ ।

सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो । बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको समचारमा उल्लेख गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board