एन्टिजेन परीक्षणः उपत्यकामा यसरी हुँदैछ कोरोना जाँच, आधा घन्टामै नतिजा

काठमाडौं, १७ मंसिर । कोरोना संक्रमित पत्ता लगाउन सरकारले काठमाडौं उपत्यकामा एन्जिेन परीक्षण सञ्चालन गरेको छ । कोरोना संक्रमित पत्ता लगाउन काठमाडौं उपत्यकामा सञ्चालन गरेको एन्टिजेन परीक्षणअन्तर्गत एक दिनमै साढे ७ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

आज पनि उपत्यकाको कुलेश्वर, कलंकी, कोटेश्वरलगायत क्षेत्रमा एन्टिजेन परीक्षण गरिँदैछ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सम्बन्धित वडा कार्यालयले दिने नामका आधारमा एन्टिजेन परीक्षण गर्नेछ । यस विधिबाट आधा घन्टामै नतिजा दिने भएकाले तत्कालै रिपोर्ट दिन सकिने महाशाखाले जनाएको

सुरुको दिनमै सोमबार साढे ७ सय जनाको एन्टिजेन परीक्षण गरिएको यो परीक्षणको जिम्मेवारी लिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको भनाई छ । उनका अनुसार तीमध्ये ४१ जनाको रिपार्ट पोजिटिभ आएको छ । तिनलाई स्थानीय तहको समन्वयमा आइसोलेसनमा पठाइएको उनले जानकारी दिए ।

उनले पहिलो दिन चाबहिल, मित्रपार्क, विशालनगरजस्ता हटस्पट ठाउँमा परीक्षण गरिएको बताए । हिजो मंगलबार भने परीक्षण गरिएन जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board