अमेरिकी राष्ट्रपति निर्वाचनः महान्याधिवक्ताले भन्यो- धाँधली भएको छैन

काठमााडौं – अमेरिकाका महान्याधिवक्ता विलियम बारले हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो धाँधली भएको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

महान्यायाधिवक्ता बारले अहिलेसम्म मत परिणाम प्रभावित गर्ने गरी धाँधलीको कुनै प्रमाण फेला नपरेको बताएका हुन् । महान्यायाधिवक्ताको यस्तो बयानले ट्रम्पलाई ठूलो झट्का लागेको छ । ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै अहिलेसम्म आफ्नो हार स्वीकार गरेका छैनन् ।

ट्रम्प पक्षले निर्वाचनमा धाँधली भएको दाबी गर्दै जुन राज्यका अदालतमा मुद्दा दायर गरेका थिए ।त्यहाँ हार सामना गर्नुपरिरहेको छ । ती राज्यले जो बाइडेनलाई जितको प्रमाणपत्र दिइरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति