नेकपा सचिवालयको बैठक आज पनि बस्दै, प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ ।

तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।

हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका एक नेताले भने ।

प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार लगत्तै बैठक राख्ने हो भने उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसकेको बताए । मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board