विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार नाघ्यो (कहाँ कति सूचिसहित)

काठमाडौं, १७ मंसिर । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ । बुधबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ ।

एकैदिन विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टाको अविधमा ११ हजार ७८१ जनाको मृत्यु भएको छ। अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ ।

विस्तृतमा हेर्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board