युरोपेली देशमा यसै वर्षको अन्त्यअघि नै कोरोना विरुद्धको खोप उपलब्ध गराइने

काठमाडौं, १७ मंसिर । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोग गर्न आवेदन दिएको छ । आज डिसेम्वर २ भएको छ भने अवको एक / दुई हप्तामै युरोपमा कोरोना खोप उपलब्ध हुने छ ।

खोप प्रयोगमा युनियनले स्वीकृत गरेमा युरोपेली देशमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ । दुवै कम्पनीका तर्फबाट निकालिएको विज्ञप्तिमा युरोपेली मेडिसिन एजेन्सी ईएमएमा औपचारिक निवेदन दिइएको उल्लेख छ ।

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिइसकेको छ । युरोपेली नियामक निकायले फाइजरले पेस गरेको विवरणको मूल्याङ्कन गरी खोप लगाउन उपयुक्त रहेरनरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ । फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान लगायतका देशका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board