कोरोना अपडेट: २४ घण्टामा १,३०४ जना संक्रमित, २१ जनाको मृत्यु

काठमाडौं, १६ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन् भने यीसहित हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

थप २१ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप २१ जनाले ज्यान गुमाएका छन् । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

हाल देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board