महिला हिंसा बिरुद्धको सोह्र दिने अभियान: शारदा शर्मा

सामाजिक सन्जालभरी जति यो अभियानको बिषयमा चर्चा हुँदै थियोे दुर दराजमा मात्र हैन हरेक शहरका राजधानी भित्र साना साना बालिका बलात्कृत भएका समाचार तीब्र रुपमा आईरहेका थिए ।खसुन्नै नसक्ने बलात्कार र त्यस पछिको अपराध झनै कहाली लाग्दो बनेर अगाडि आईरहेको समयमै त्यसको बिरुद्धमा मैदानमा उत्रेकाहरुको छातीमा गोली लागेर ढलेका समाचारले मुटु चस्किरहंदा यो अभियानको बिषयमा जान्ने उत्सुकता जाग्यो।

दिनदाहाडै एसिड छ्यापिएको छ,साना नानीहरुलाई बलात्कार गरेरर ढुङ्गाले थिचेर मारिएको छ।यो हिंसा भन्दापनि जघन्य अपराध हो।मन मात्र दुखेन अचम्म लाग्यो यति धेरै अपराधका शृङ्खलाहरु बढ्दै जानुमा कारण के होला ? मानिसनै त्यस्तो प्राणी हो जो सहयोगी छ,इमानदार छ,ज्ञानी छ विवेकशील पनि छ फेरि त्यही मानिस यती भयानक अपराधी पनि छ। लैङ्गिक असमानता भन्दा पहिला मानिस मानिस बिचमा भिन्नता किन ? भन्ने सवालले आफै भित्र जवाफ खोजिरहंदा म शहरको अलि पर पुगिसकेकी थिएं।हिंसा अन्त्यको अभियान निरन्तर बर्षको निश्चित सोह्र दिन मनाउने कुरा सुनिएको थियोे कसरी मनाइन्छ होला अनौठो लाग्यो।

बाटोमा रहेको भट्टी पसलमा साहुनीका नितम्बको मापन गर्दै रक्सी खाइरहेका केही थान पुरुषसंग उनले आफ्नो व्यापार बढाउन गरेको आखाको तालले अलि कौतुहलता जाग्यो।यहाँ रक्सी खानेहरुको हिंसा बिनिमय भएको त छैन, केही सोच्नै सकिन ! अफिस भित्र जागिरको लागि स्वीकार गरिने स्वीकारोक्तिलाई कसरी ब्यख्या गर्ने ?

हरेक आवश्यक्ताले किनेका आशक्तिहरु पूरा हुन नसक्दा हिंसा पनि बनेका छन्।तर डरलाग्दो रुपमा देखिएका अस्वीकारयुक्त हिंसाहरु भने निकै आक्रान्त र भयानक हुनेगरेका छन्।घर भित्र महिला पुरुष दुबै हिंसामा छन्।अभियान उत्सव जस्तै बनिरहेको समय हिंसाको ब्यख्यालाई अलि फराकिलो बनाएर हेर्नेहो भने साच्चै हिंसा भोगिरहेकाहरुको समस्या समाधान हुन सक्थ्यो कि जस्तो पनि लाग्यो । गोष्ठी र सभामा हिंसामुक्त भाषण दिनेहरुलेनै घरमा डरलाग्दो हिंसा मच्याएको सुनेका हामीले तिनै भाषण दिनेहरु हिंसामा परेको पनि देखेका छौं। परिवार भित्र बिस्वास गरेका मानिसबाट हिंसा भन्ने थाहै नभएका बाल बालिका माथि हुने हिंसा र आवश्यक्तातको साथ स्वीकार गरिने हिंसामा निकै फरक छ।

अलि चर्को स्वरमा आवाज निकालेर सबै उस्तै हुन भन्ने बाटुलो अनुहारकी गंहुगोरी महिलाको आडैमा उभिएर हिंसाको व्याख्या सुनिरहंदा निकै दर्दनाक पनि थियो । उनले दिनहु सहने हिंसाको तुलनामा चुरोटको सुर्को तानेर स्वतन्त्रताको लागि घर छोडेकी अर्की महिला माथिको हिंसा फरक थियोे । कसैलाई खाना पकाउन परेकोमा हिंसाजस्तो लाग्ने कसैलाइ शरिरिक स्पर्श गरेकोमा ,कसैलाई यौनिक कुरामा।तर हिंसाका डरलाग्दा रुपहरुले शहर ढपक्कै हुंदा बाध्यताका बारहरुले सहेका हिंसाको बखान झनै मुटु छुनेखालका थिए ।

साना नानीहरुमाथि सुरक्षा दिनेहरुबाट हुनेगरेका हिंसा निकै कहालीलाग्दा थिए ।हिंसाको बिषयमा अभियाननै चलेको समय केही थाहा नपाई हिंसामा परेकाहरुले यो अभियानलाई जिस्काउदै हिंसा सहन बाध्य थिए। बाहिर भन्न नसकिने अनि भने पनि सजिलै नपताइदिने हिंसाबाट पिडा सहनेहरु कति अप्ठ्यारो लाइफ ब्यतित गरिरहेका छन सायद यस्ता कुराहरु सहनेलाइ बिष पिउनु जस्तो र सुन्नेहरुलाई किस्सा सुने जस्तो पनि लाग्छ होला, मन अमिलो भयो ! जीवनमा ३६५ दिनमा जम्मा १६ दिन शान्त रुपमा बिताउन चाहेर पनि नपाएकाहरुको लागि यो अभियानले कति काम गरेको होलारु मुटु अलि बढिनै चस्कियो। मुटु दिवस ,सरसफाइ अभियान,साक्षरता अभियान,मुक्ति दिवस जस्तै हिंसा मुक्त अभियानको यो उत्सवले कति हिंसा मुक्त भयो या कति चेतनामूलक काम भयो होला ? प्रत्यक बर्ष केही रकम खर्चेर निश्चित मान्छेले मनोरञ्जन गर्ने बिषय मात्र त बनेको छैन । यति संबेदनसिल बिषयमा अभियान छिचोल्न मैदानमा उत्रेकाहरुले के जटिल हिंसाका रुपहरुलाई एक पटकमा सजिलै पताउन मात्र सक्लान ?

समाजमा हिंसालाई लैङङ्गिक रुपमा मात्र नभएर हिंसा अन्त्यको रुपमा लिने अनि हिंसामुक्त भन्दा पनि सुधारोन्मुख समाजिक अभियान चलाएर अनुशासित र सभ्य समाजको निर्माण गर्न सक्दा समाजमा हुने हिंसाहरु स्वत् कम हुनसक्लान । होईन । भनेत प्रत्यक बर्ष यही अभियानको बिचमा सयौं मानिसहरु हिंसासहन बाध्य छन् र हुनेछन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board