कोरोना अपडेटः २४ घण्टामा १२५५ जना संक्रमित, थप २५ जनाको मृत्यु

काठमाडौं, १४ मंसिर । नेपालमा थप १,२५५ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएको संक्रमितसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा १४ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन् । यस्तै देशभर १७ हजार ९०९ संक्रिय संक्रमित छन् । क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ ।

थप २५ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप २५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट जयन गुमाउनेको कुल संख्या १ हजार ४ सय ७९ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board