देशभर बढ्यो चिसो, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं, १४ मंसिर । तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ । तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज दिउँसो काठमाडौंको तापक्रम बढेर २२ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लाको तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्दै गएपनि पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । आज, भोलि सोमबार र मंगलबारसम्म मौसम सफा रहने महाशाखाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति