चिनियाँ रक्षामन्त्री नेपालमा, आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता

काठमाडौं, १४ मंसिर । चिनका रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनले आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम । त्यसपछि उनी आजै फर्किेनछन् । विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने बताईएको छ ।

स्रोतका अनुसार सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने र उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने कार्यक्रम छ । सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्नेछ ।

त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने र जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार कार्यक्रम छ । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम रहेको छ । त्यसपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले गत वर्ष असोजमा नेपालको भ्रमण गरेपछि फेङहे नेपाल आएका उच्च चिनियाँ अधिकारी हुन्। भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको यो चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपूर्ण हेरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति