६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको मतरिणाम सार्वजनिक

काठमाडौं, १३ मंसिर ।  नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ । प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश–२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत ल्याउन सकेनन् । गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत मात्रै ल्याए । लुम्बिनीबाट जसमेर मियाँले १० मतसहित चुनाव जितेका छन् भने उनका निटतम् प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत मात्रै ल्याए । प्रदेश ६बाट लालिमान बुढाले ७ मत ल्याएर जिते भने उनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मात्रै मत ल्याए ।सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर बाजी मारे भने उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै ल्याए । वागमती प्रदेशको मतगणना हुन बाँकी छ । प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board