आज देशभर १३८० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १८०८३

काठमाडौं, १३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ।

आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board