नेकपा सचिवालय बैठक बालुवाटार जारी

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्दैछन् । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्दै हुनुहुन्छ ।

प्रचण्डले पेस गरेको १९ पृष्ठको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै दश दिनको समय माग्नु भएको थियो । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board