नेपालमा २४ घण्टामा १२ सय ३६ निको, १७ सय ३ जनामा कोरोना पुष्टि

काठमाडौं, १२ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २३६ जना कोरोना संक्रमित निको भएको र यो सँगै निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १० हजार ४६० जनामा पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप २३ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति