स्यान्टियागोमा महिलावादीहरुको प्रदर्शन

स्यान्टियागो, ११ मङ्सिर । स्यान्टियागोमा महिलावादीहरुले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसा विरुद्धमा नारा लगाएका हुन् ।

उनीहरुले बलात्कारी हामीबीच नै छ भन्ने नारा दिएर सबैतिर महिलाहरु असुरक्षित रहेकोले उनीहरुको सुरक्षा दिनुपर्ने बताएका हुन् । महिला हिंसा विरुद्धको राष्ट्रसंघीय दिवसका अवसरमा महिला अधिकारवादीहरुले यस विरोध प्रदर्शन गरेका हुन् ।

चिलीको प्रहरीले उनीहरुलाई त्यहाँबाट बल प्रयोग गरेर घपाएको थियो । तर पनि पछि उनीहरु जम्मा भएर सो प्रदर्शन गरेका बताइएको छ । चिलीका महिला अधिकारवादीहरुले लास तेसिस नाम दिएर यो महिला हिंसाको विरुद्धमा आन्दोलन शुरु गरेका हुन् ।

उनीहरुले सन् २०१९ मा यो नारा दिएर आन्दोलन थालेका हुन् । उनीहरुले शुरु गरेको आन्दोलनमा खासमा महिला हिंसाको कारण पुरुष हो भन्दै पुरुषलाई निन्दा गरेको गीत गाउने गर्दछन् । उनीहरुले शुरु गरेको महिला अधिकारका पक्षको र त्यसका लागि पुरुषलाई निन्दा गरिएको सो गीत विश्वका अरु देशले पनि आफ्ना भाषामा अनुवाद गरेर आफ्नो देशमा पनि गर्ने गरेका छन् ।

त्यस अभियान अहिले विश्वका कैयौँ देशमा सञ्चालनमा ल्याइएको छ । विभिन्न स्थानमा यो आन्दोलन पुरुषका विरुद्धमा उग्र रुपमा पनि गर्ने गरिएको छ । बुधबार पनि चिलीको उक्त स्यान्टियागो शहरमा महिलाहरुले पुरुषका विरुद्धमा नाराबाजी गरेर ठूलो संख्यामा उपस्थित भएर सडक पनि अबरुद्ध पारेका थिए ।

उनीहरुले यस क्रममा सडकमा अवरोध पु¥याउनका लागि काठमा मुढा राख्ने, आगो बाल्ने मात्र नभएर यहाँका सटर पसलहरुबाट सामान लुट्ने सम्मको काम गरेका थिए । त्यसैले ठूलो बल प्रयोग गरेर प्रहरीले उनीहरुलाई हटाएको थियो । यस आन्दोलनले ठूलो हिंसा निम्त्याएको भनेर प्रहरीले आन्दोलनकारी महिलालाई पक्राउ गर्ने र त्यहाँबाट धपाउने काम गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board