नौ जना तालिबान लडाकू सुरक्षा कारबाहीमा मारिए

हेरात, ११ मङ्सिर । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा बिहीबार जानकारी दिएको छ ।

ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा परी तालिबानी समूहका नौ लडाकू मारिएका समाचारमा जनाइएको छ ।

कारबाहीको क्रममा सुरक्षाबलले युद्धकविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबहीको क्रममा अन्य आठ लडाकू घाइते भएका जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने।

कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबान विरुद्धको कारबाही भने जारी रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलो मिटर पश्चिममा रहेको हेरात प्रान्तको प्रन्तीय शहर हेरात शहरमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीकाके विषयमा कुनै टिप्पणी गरेको छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board