अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन


काठमाडौं, ११ मंसिर । अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्याराडोनाको निधन भएको छ ।

विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।

कार्डिक अरेस्ट( हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ ।

दुई हप्ताअघि मात्रै ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए ।

आफ्नो करियरमा बार्सिलोना र नापोलीबाट खेलेका म्याराडोनाले दुई ओटा सिरिए ए को टाइटल पनि जिताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board