भारतमा भन्दा नेपालमा डिजेल सस्तो, बढ्यो अवैध निकासी

काठमाडौं, १० मंसिर । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ ।विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ८७ मा बिक्री भइरहेको छ । भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर रु १० सस्तो पर्छ । एउटा मोटरसाइकलमा चार वटासम्म ग्यालनमा डिजेल खरिद गरेर लुकिछिपी भारतीय बजारमा बेच्ने गरेको सूचना प्राप्त गरेपछि चोरी निकासी हुने स्थानमा प्रहरीले कडाइ गर्न थालेको छ

सोही सन्दर्भमा मोरङ प्रहरीले आज बिहान विराटनगर महानगरपालिका–११ स्थित केशलिया नहर छेउमा ४३० लिटर डिजेल बरामद गरेको छ । भन्सार छलेर डिजेल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय शत्रुधन साह, सोही ठाउँका ३० वर्षीया नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई तीन वटा मोटरसाइकलसहित पक्राउ गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board