आफ्नो बीमारकमबाट मन्त्री भट्टराई गरे तीन सय विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरे ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गरिदिएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

साथै, पर्यटनमन्त्री भट्टाईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका एक हजार २७६ जनाको कोरोना बीमा गरिदिए । यसरी मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कूल एक हजार ५७६ जना व्यक्तिको कोरोना बीमा गरिएको उनको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति