बालिका हत्या प्रकरणः बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप

महोत्तरी, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले बर्दिबास नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो।

प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ । मंगलबार प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाएपछि घाईते भएका एक प्रर्दशनकारीको उपचारका क्रममा मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ।

प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले प्रर्दशनकारीहरु झनै आक्रोसित बनेका छन् । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरे पनि प्रर्दशन रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताए पनि सडकमा प्रदर्शन भइरहेका छन्।

प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको हो । उनीहरुले आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षिया बालिकाको हत्यारालाई कडा कारवाही गर्न माग गरेका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा फालिएको अवस्थामा भेटिएको थियो। बलात्कारपछि बालिका हत्या गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलन गरिरहेका छन्। स्थानीयले बालिकाको शव सडकमा राखेर मंगलबार प्रदर्शन गरेका थिए।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति