बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं, १० मंसिर । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डमा पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको मनोनयन सार्वजनिक गरेको छ ।

बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले महिला र पुरुष उत्कृष्ट खेलाडीको लागि ११—११ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

पुरुषतर्फ लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की, केभिन डे ब्रुएना, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, भर्जिल भान डाइक, साडियो माने, मोहम्मद सालाह, थियागो अलकान्टारा रहेका छन् ।

यस्तो छ मनोनयनको सूचीहरुः
दी बेस्ट फिफा मेन्स प्लेअर
लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की, केभिन डे ब्रुएना, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, भर्जिल भान डाइक, साडियो माने, मोहम्मद सालाह, थियागो अलकान्टारा

दी बेस्ट फिफा वुमन्स प्लेअर
लुसी ब्रोन्ज, डेलफिन कासकारिनो, कारालाइन ग्राहम हानसेन, पर्निल हार्डनर, जेनिफर हर्मोसो, जि सो युन, साम केर, साकी कुमागई, जेनिफर मारोज्सान, भिभिएने मिएडेमा, वेन्डी रेनार्ड

दी बेस्ट फिफा वुमन्स गोलकिपर
अन काट्रिन बर्गर, साराह बउहाडी, क्रिस्टियन एनडलर, हेडभिग लिन्डाहल, एलिसा नाएहर, एलिई रोएबक

दी बेस्ट फिफा मेन्स गोलकिपर
एलिसन बेकर, टिबाउट कोर्तवा, केइलर नाभास, मानुएल नोए, जान ओबलाक, मार्क आन्द्रे टेर स्टेगन

दी बेस्ट फिफा वुमन्स कोच
लुइस कोर्टेस, रिता गुएरिनो, एम्मा हायस, स्टेफान लेर्च, हेगे रिसे, जिएन लुसी भासेर, सारिना विगमन

दी बेस्ट फिफा मेन्स कोच
मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप, युलेन लोपेटगुई, जिनेदिन जिदान

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति