भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध, अलीबाबाका ४ वटा परे

काठमामडौं १० मंसिर । भारत सरकारले थप ४३ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ ।

चिनिया“ कम्पनीका एपमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती एपहरू ’भारतको सम्प्रभुत्ता र सुरक्षाको लागि खतरा’ भएकाले प्रतिबन्धित गरिएको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले जनाएको छ । अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स र अलिबाबा वर्क बेँच जस्ता एप्सको प्रतिबन्ध लगाइएको जनाइएको छ । मन्त्रालयले इन्डियन साइबर क्राइम कोर्डिनेशनको रिपोर्टलाई आधार मानेर यी एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।

यो भन्दा पहिला पनि भारतले गएको जुन महिनामा ५९ चिनियाँ एप्सको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि सेप्टेम्बर महिनामा फेरि पब्जीसहित १ सय १८ चिनिया“ एप्सको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनिया“ सामान, सफ्टवेयर र एप बहिष्कार गर्नुपर्ने आवाज भारतमा उठेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board