एकै दिन १ हजारले घट्यो सुन, कति छ आजको मूल्य ?

काठमाडौं १० मंसिर । स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।

प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु एक हजारले घटेको छ । महास¬ङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु एक हजारले घटेको हो ।

यस्तै मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति