जो बाइडनले आफ्नो टिम घोषणा गर्दै भने- ‘अमेरिका इज ब्याक’

काठमाडौं – अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो टिम घोषणा गरेका छन् । उनले आगामी टोलीमा रहने आफ्ना ६ महत्वपूर्ण सदस्यको नाम घोषणा गरेका हुन् ।

बाइडनले उक्त टिम घोषणा गर्दै भने, ‘अमेरिकी इज ब्याक। अमेरिकी विश्वको अगुवाइको लागि तयार छ। ऊ आफ्नो जिम्मेवारीबाट पछि हट्नेछैन ।’

उनले घोषणा गरे अनुसार नेशनल इन्टिलिजेन्सको निर्देशक पदका लागि एवरिल ह्यान्सको नाम आएको छ। यस्तो भएमा उनी देशको जासुसी निकायको नेतृत्व लिने पहिलो महिला हुने जनाईएको छ । यस्तै होमल्याण्ड सेक्युरिटीका नयाँ प्रमूख एलेजान्ड्रो मेयोरकास हुनेछन्। डोनाल्ड ट्रम्प सत्ता हस्तानतरणका लागि तयार भएका छन् र अब जासुसी निकायले उनलाई जानकारी उपलब्ध गराउन सक्ने बताईएको छ ।

बाइडनका टिमका महत्वपूर्ण सदस्यहरु:

एन्टोनी व्लिङकेन- विदेश मन्त्री

जोन केरी – जलवायु परिवर्तन दूत

एवरिल ह्यान्स- निर्देशक, नेशनल इन्टिलिजेन्स

एलेजान्द्रो मेयोरकास-  सेक्रेटरी, होमल्यान्ड सेक्युरिटी

जेक सुलिवन- नेशनल सेक्युरिटी एडवाइजर, ह्वाइट हाउस

लिन्डा थोमस ग्रिनफिल्ड- संयूक्त राष्ट्र संघका लागि अमेरिकी दूत

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति