प्रहरीको गोलीले एक प्रदर्शनकारीको मृत्यु, बर्दिवासमा निषेधाज्ञा

बर्दिवास, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर एक प्रर्दशनकारीको मृत्यु भएको छ । बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोध गर्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ती प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा गरिएको छ । मंगलबार गोली लागेका न्यौपानेलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएकोमा गए राति उनको मृत्यु भएको हो।

उनको तीघ्रामा गोली लागेको थियो। न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भइरहेका छन्। फेरि प्रदर्शन हुन नदिन भन्दै प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको हो ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा फालिएको अवस्थामा भेटिएको थियो। बलात्कारपछि बालिका हत्या गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलन गरिरहेका छन्। स्थानीयले बालिकाको शव सडकमा राखेर मंगलबार प्रदर्शन गरेका थिए।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति