विश्वमा एकैदिन ५ लाख ३४ हजारबढीमा कोरोना संक्रमण : ११ हजार ६५२ जनाको मृत्यु

काठमाडौँ, १० मंसिर । विश्वमा एकैदिन ५ लाख ३४ हजार ७०१ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ । एकैदिन ११ हजार ६५२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको छ ।

संक्रमित १ करोड ७१ लाख ५४ हजार ३५७ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ३ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोस्रो धेरै संक्रमित रहेको भारतमा संक्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति