२४ घण्टामा २४ को मृत्यु, थप १,७९० जना संक्रमित

काठमाडौं, ९ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् ।

यस्तै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ हजार ७९१ कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा २४ जनाको मृत्यु
बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

यस्तो छ उपत्यकाका पछिलो कोरोना अपडेट ?
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ९४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा एक लाख ४ हजार ६८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमडौंमा मात्र ८४ हजार ५१७ जना संक्रमित भएका छन्, जसमध्ये ३३१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै निको हुनेको संख्या ७६ हजार ४४२ जना रहेका छन् । ललितपुरमा १२ हजार ५७७ जना संक्रमित भएका छन् भने ९१ जना संक्रमितको मृत्यु भएको छ । यस्तै १० हजार ८९७ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

यस्तै भक्तपुरमा ७ हजार ५८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भक्तपुरमा हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन्।काठमाडौंमा ७ हजार ७४४, ललितपुरमा १ हजार ५८९ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board