बैतडीमा जिप दुर्घटना, घटनास्थलमै ५ जनाको मृत्यु

काठमाडौं, ९ मंसिर । बैतडीमा झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दुर्घट्ना भएको छ । मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै भएको उक्त जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार चालक फरार रहेका छन् । घाइते तथा मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति