भरतपुर अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

चितवन, ९ मंसिर । चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-२१ बस्ने ७३ वर्षीय महिला मंगलवार दिउँसोको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताएका छन् । अस्पतालमा कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board