भरतपुर अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

चितवन, ९ मंसिर । चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-२१ बस्ने ७३ वर्षीय महिला मंगलवार दिउँसोको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताएका छन् । अस्पतालमा कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति