२४ घण्टामा १ हजार ९ सय ८० जना संक्रमित, ३ हजार ४३ डिस्चार्ज

काठमाडौं, ८ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । यो अवधिमा १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ ।

यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ७० हजार ४५६ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा १६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार ३ सय ३७ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board