बुद्धत्व प्राप्त गर्नु छ: ज्ञान बहादुर लामा

॥ बुद्धत्व प्राप्त गर्नु छ ॥

मानव हुँ म मरणशील
एकदिन त अवश्य मर्नु छ ।
मर्नु भन्दा पहिला मैले
बुद्धत्व प्राप्त गर्नु छ ॥

बुद्धत्व प्राप्त गर्नलाई
स्वार्थ मैले त्याग्नु छ ।
स्वार्थ मात्र हैन मैले
हत्या र हिँसा त्याग्नु छ ॥

दिएर मैले मधूमूस्कान
मिठो बचन बोल्नु छ ।
अहंकारी आत्माहरुलाई
धर्मको बाटोमा मोड्नु छ ॥

मानव हुँ म मरणशील
एकदिन त अवश्य मर्नु छ…..

नकारात्मक सोँच त्यागेर
आत्मालाई शुद्ध बनाउनु छ ।
त्यही पवित्र आत्म द्वारा
भजन कीर्तन गाउनु छ ॥

क्रान्तिको बजारमा छिरेर
शान्तिको धुन बजाउनु छ ।
प्रेमको बस्ती बसाल्दै
शान्तिको घर जमाउनु छ ॥

मानव हुँ म मरणशील
एकदिन त अवश्य मर्नु छ….

श्राद्ध भाव र परिश्रमले
पवित्र धन कमाउनु छ ।
त्यही स्वच्छ कमाई ले
घर परिबार चलाउनु छ ॥

भगवान एउटै हो भनी
सबलाई मैले भन्नु छ ।
हिन्दु,बुद्ध,मुस्लिम क्रिश्चियन
जय होस भनी हिड्नु छ ॥

मानव हुँ म मरणशील
एकदिन त अवश्य मर्नु छ….

शान्तिलाई सफाई दिएर
क्रान्तिलाई बन्दी बनाउनु छ ।
भावी सन्तति दौडिने
स्वच्छ प्रांगण सजाउनु छ ॥

आउँछौं जान्छौं खाली हात
धन हैन मन कमाउनु छ ।
त्यही पवित्र मन लिएर
स्वर्गको बाटो समाउनु छ ॥

मानव हुँ म मरणशील
एकदिन त अबस्य मर्नु छ ।
मर्नु भन्दा पहिला मैले
देवत्व प्राप्त गर्न छ ॥

ज्ञान बहादुर लामा “दोङ”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board