प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई हरायो


काठमाडौं, ८ मंसिर ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३(० गोलले हराएको छ ।

आज बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ । लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ । टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गएराति भएको खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १(० र एभर्टनले फुलह्यामलाई ३(२ गोल अन्तरले पराजित गरेका छन् । अर्को खेलमा आर्सनल र लिड्स युनाइटेड बराबरी खेलेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board