प्रधानमन्त्री ओलीले भोली ताप्लेजुङ र इलाम भ्रमण गर्ने

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) पूर्वी नेपालका ताप्लेजुङ र इलाम जाने भएका छन् । सोमबार बिहान ८ बजे प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएको स्रोतले बतायो ।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जाने कार्यक्रम छ । इलाममा भोली प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्नेछन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । प्रधानमन्त्री ओलीले यसअघि कात्तिक २६ मा संखुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board