कोरोना अपडेटः २४ घण्टामा १६६९ जनामा संक्रमण, ५६९९ जना निको

काठमाडौं, ७ मंसिर । नेपालमा बितेको २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका छन् । हालसम्म एक लाख ९९ हजार २४ जना कोरोना संक्रमणमुक्त भईसकेका छन् ।

२४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् ।

देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएको संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् ।

थप १६ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसमम कोरोना संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board