बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग के-के विषयमा कुराकानी गरे भन्ने विषय सार्वजनिक भएको छैन । प्रधानमन्त्रीको सचिवालयले यसलाई नियमित प्रक्रिया मात्र भएको बताएको छ । ‘यो नियमित छलफल मात्रै हो, यस्तो छलफलको विषयमा बाहिर भन्ने गरिएको छैन ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board