बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग के-के विषयमा कुराकानी गरे भन्ने विषय सार्वजनिक भएको छैन । प्रधानमन्त्रीको सचिवालयले यसलाई नियमित प्रक्रिया मात्र भएको बताएको छ । ‘यो नियमित छलफल मात्रै हो, यस्तो छलफलको विषयमा बाहिर भन्ने गरिएको छैन ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति