तस्करीको सामान नियन्त्रण गर्न विराटनगरमा प्रहरीले गर्‍यो हवाई फायर

विराटनगर, ७ मंसिर । विराटनगर महानगरपालिका-१७ मटेरुवा सीमा क्षेत्रमा प्रहरीले हवाई फायर गरेको छ । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

आइतबार बिहान करिब ४ बजे तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी जवानको हातमा सामान्य चोट लागेको छ ।

भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने क्रममा हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको भनाई छ । ८÷९ जनाको संख्यामा रहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा अवरोध भएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति