चितवनको टाँडी बजारमा भेटिएको शंकास्पद वस्तुको सेनाद्धारा डिस्पोज

चितवन, ७ कात्तिक । नेपाली सेनाले चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएको थियो । त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको प्रहरीले जनाएको छ । साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको थियो । प्रहरीले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति