विप्लव समूहको दुई नेता बैठक बसिरहेकै बेला पक्राउ

काठमाडौं, ७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । विप्पलव नेतृत्वको नेकपा केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली ९सुवर्ण०लाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्डका अनुसार नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले शनिबार विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न मागसमेत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति