उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा शक्तिशाली बम बिस्फोट

उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विस्पोट भएको छ । गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

उदयपुरका प्रहरी उपरीक्षक दाहालका अनुसार रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको छ । घटनाको कसैले जिम्मेवारी नलिएको उनले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको छ।

बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको प्रहरीले जनाएको छ । कसले, किन बिस्फोट गराएको भन्ने खुल्न बाँकी रहेको छ । सुतली बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ। विस्फोटले भवनका सबै कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति