काबुलमा आतंककारी समूहद्धारा रकेट आक्रमण, ८ जनाको मृत्यु

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।

त्यहाका सरकारी अधिकारीहरुका अनुसार आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका थिए । प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप अफगानी गृह प्रशासनले लगाएको छ ।गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति